मणिपाल काण्ड: उठ्यो सुकमायाको शव, अन्तेष्टि गर्न लमजुङ लगिदैं
पाेखरा | असोज १६, २०८०
पोखरा: पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुकमाया दुराको शव ८ दिनपछि परिवारले बुझेको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाकी सुकमाया दुराको गत असोज ८ गते उपचारको क्रममा मृत्यु भएको थियो । मृतककी छोरी तिला दुराकी अनुसार अहिले अन्तेष्टिका लागि गृह जिल्ला लगिएको छ । ‘आज बुझेर घर लैजादैं छौ,’ तिलाले सुनगाभा न्यूजँग भनिन् ।
दुरा परिवार र मणिपालका चिकित्सकबीच केहीदिनअघि ६ बुँदें सहमति भएपछि अस्पताल तोडफोडमा संलग्न ७ जना युवालाई कास्की प्रहरीले पक्राउ गरेपछि शव उठेको थिएन ।
सुनगाभा न्यूजलाई प्राप्त विशेष सूचनामा शव उठाउन दुरा परिवारलाई कास्की प्रशासनको दबाव आएको बताइएको थियो । सो विषयमा दुरा परिवारका एक सदस्यसँग प्रश्न गर्दा अन्त्येष्टिको केही दिनमा बोल्ने भन्दै थप कुराकानी गर्न चाहेनन् ।
उनका अनुसार दुरालाई असोज ७ गते उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । तर उपचारको क्रममा असोज ८ गते दिउँसो १ बजे मृत्यु भएको अस्पताल प्रशासनले घोषणा गरेको थियो ।
त्यसपछि चिकित्सक पक्ष र मृतक परिवार पक्ष आन्दोलनमा उत्रेको थियो । अहिले दुरा परिवार र चिकित्सक पक्षबीच ६ बुँदें सहमति भएपछि सबै आन्दोलन स्थगित गरिएको छ ।
यो पनि पढ्नुहोस
तर कास्की प्रहरीले अस्पतालमा तोडफोड गरेको भन्दै हालसम्म विनय गुरुङसहित ९ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्ष ऐन, २०६६ अन्तरगत मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको बताइएको छ ।
अन्य फरार रहेका करिब २० जनाको समूहलाई खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...


